दैलेखमा हँसिया प्रहार गरी एक जनाको हत्या

नेपालभ्युज

दैलेखमा हँसिया प्रहार गरी एक जनाको हत्या
साङ्केतिक तस्वीर ।

सुर्खेत । दैलेखमा हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ ।

दुल्लु नगरपालिका–१३ का ५६ वर्षीय कर्णबहादुर कामीलाई भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हँसिया प्रहार गरी हत्या गरेका हुन् ।

गएराति भुवनले कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

आरोपित भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved