नेपालमा बीआरआई अघि बढाउने विषयमा कांग्रेस सकारात्मक छ : गगन थापा

नेपालभ्युज

नेपालमा बीआरआई अघि बढाउने विषयमा कांग्रेस सकारात्मक छ : गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका  छन् ।

बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँग साझा धारणा बनाएर  बीआरआई कार्यान्वयनका विषयमा अघि  बढ्न कांग्रेस सकारात्मक रहेको बताएका हुन्  ।

उनले सम्झौता गर्नुअघि विगतमा भएका सहमतिअनुसारका कार्यक्रम र योजनाहरू सम्पन्न हुनुपर्नेमा कांग्रेसको  अडान रहेको समेत बताए । उनले यसबारेमा एमालेसँग मतभिन्नता भएपनि लाई सम्हालेर अघि बढन आफूहरू सक्षम रहेको जकिर गरे ।

उनले केही समयपछि हुने प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर कांग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमति र मतभिन्नता रहेको उल्लेख गरे  । आफूहरुबीचमा कतिपय विषयहरूमा भिन्न एप्रोचहरू भएपनि त्यसलाई साझा बनाउने क्षमता  राख्नुपर्ने उनको तर्क थियो ।

‘हाम्रा केही कुराहरू साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्नेकुरा संविधानले नै व्यवस्था गरेको छ । हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ’ उनले भने, ‘राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौं । हाम्रा आफ्ना सीमाहरू छन् । तर हामी यो पनि मान्दछौं कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन् ।’

उनले कांग्रेसले सबै देशसँग समान सम्बन्ध राख्न चाहेको उल्लेख गर्दै चीनसँगको हकमा पनि समान कुरा लागु गर्नेमा आफूहरू प्रतिबद्ध रहेको समेत बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved