काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।
प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए । प्रधानमन्त्रीविरूद्धको सोही विवादास्पद बयानपछि उनी पक्राउ परेका हुन् ।
यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
Facebook Comment
Comment