रास्वपाको बैठक आज पनि बस्दै

नेपालभ्युज

रास्वपाको बैठक आज पनि बस्दै
रास्वपाको केन्द्रीय कार्यालय, च:मती वनस्थली ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक लगातार दोस्रो दिन बस्ने लागेको हो ।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो ।

बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए । समसामयिक राजनीति गतिविधि, पार्टीको आगामी कार्यदिशालगायत विविध विषयमा छलफल हुने उनले बताए ।

मंगलबार बसेको बैठकमा सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलनको पक्षमा बहुमत नपुगेपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

धेरै नेताले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएपछि फेरि बस्ने भनेर मंगलबार बैठक स्थगित भएको ती सदस्यको भनाइ छ ।

यता महामन्त्री कविन्द्र बुर्लाकोटीले भने आन्दोलन गर्नेमा सबै एकमत भए पनि कुन मोडालिटीमा जाने भन्ने विषय आजको बैठकले तय गर्ने बताए ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध रुपन्देहीपछि काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई झुटा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै रास्वपा आन्दोलनरत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved