रास्वपा केन्द्रीय समिति बैठक स्थगित, आन्दोलनको पक्षमा बहुमत पुगेन

नेपालभ्युज

रास्वपा केन्द्रीय समिति बैठक स्थगित, आन्दोलनको पक्षमा बहुमत पुगेन

काठमाडौं । आकस्मिक रूपमा बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलनको पक्षमा बहुमत नपुगेपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

धेरै नेताहरूले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएपछि फेरि बस्ने भनेर बैठक स्थगित भएको ती सदस्यको भनाई छ ।

एजेन्डा सार्वजनिक नगरि मंगलबार उपसभापति डाेलप्रसाद अर्यालले आकस्मिक रूपमा बैठक बोलाएका थिए ।

आजको बैठकमा आन्दोलनको स्वरुपबारे छलफल भएको र बुधबार फेरि बस्नेगरी स्थगित गरिएको उक्त पार्टीले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासत रहेका रुपन्देहीपछि काठमाडाैं‌बाट पनि पक्राउ पुर्जी जारी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved