काठमाडौं । ९० को दशकका दिग्गज अभिनेता आमिर खानलाई लिएर हरेक दिन सञ्चारमाध्यममा हेडलाइन बन्छ । जसको कारण उनको व्यावसायिक र व्यक्तिगत जीवन हो ।
यसैबीच आमिरले यस्तो खुलासा गरेका छन्, जसले उनका फ्यानलाई स्तब्ध बनाएको छ ।
आमिरले आफ्नी छोरी इरासँग विशेष प्रकारको थेरापी लिइरहेको बताएका छन्, जसका कारण बुवाछोरीको सम्बन्ध मजबुत होस् । यसका साथै, आमिरले थेरापीको बारेमा सल्लाह पनि दिएका छन् ।
आजको समयमा यो देखिन्छ कि मानिसहरू मानसिक शान्ति र अन्य धेरै कारणहरूको लागि विशेष थेरापी सत्रहरूको मद्दत लिन्छन् । अब आमिरले पनि आफ्नी छोरीसँगको सम्बन्ध सुधार्न थेरापी लिएको बताएका छन् ।
भर्खरै आमिरले ओटीटी प्लेटफर्म नेटफ्लिक्सको पोडकास्टमा मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गरेका छन् ।
उनले भने, ‘म मेरी छोरी इरासँग संयुक्त थेरापी लिइरहेको छु । म हाम्रो सम्बन्धमा जुनसुकै आपसी समस्याहरू छन्, त्यसलाई समाधान गर्न काम गरिरहेको छु । सुरुमा म योसँग अलि असहज थिए तर, अब मैले बुझें कि यो कति महत्त्वपूर्ण छ । म मानिसहरूलाई भन्न चाहन्छु कि चिकित्सकलाई भेट्न कुनै हिचकिचाहट हुनुहुँदैन । यो अहिले मेरो लागि होइन, हामी दुबै विगत धेरै वर्षदेखि थेरापिस्टमा जाँदैछौं । यो धेरै शक्तिशाली र प्रभावकारी साबित भइरहेको छ ।’
छोरी इराले पनि यो आमाबाबुसँगको सम्बन्धमा सन्तुलन कायम राख्न निकै प्रभावकारी हुने बताएकी छिन् ।
आमिर खान लाल सिंह चड्ढादेखि करिब २ वर्षदेखि सिल्वर स्क्रिनबाट टाढा छन् ।
Facebook Comment
Comment