रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि, रविलाई रिहा गर्न माग

नेपालभ्युज

रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि, रविलाई रिहा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै ८ मंसिरदेखि देस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘राजनीति प्रतिसोधले सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको छ । बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै दबाबस्वरुप दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छौँ ।’

सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।
यसबीचमा रास्वपाले पक्राउको विरोधमा आन्दोलन गर्दै आएको थियो ।

रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको दाबी गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved