केटी साथीले मन पराएको थाहा पाउन जान्नुहोस् यी संकेत

नेपालभ्युज

केटी साथीले मन पराएको थाहा पाउन जान्नुहोस् यी संकेत

काठमाडौं । एउटी केटी साथीले तपाईंलाई साँच्चै मन पराउँछिन् भन्ने बुझ्न अलि जटिल हुनसक्छ । विशेषगरी यदि तपाईंले उनको म्यासेजहरूको आधारमा संकेतहरू बुझ्नु छ भने यो अझै जटिल हुनेछ । त्यसैले एउटी केटी साथीले तपाईंलाई साँच्चै मन पराउँछिन् भन्ने कसरी थाहा पाउने त ? यसबारे केही संकेतको आधारमा जान्ने प्रयास गरौँ ।

कुराकानी सुरु गर्ने

यदि तपाईंले मात्र सधैँ कुराकानी सुरु गर्नुपर्छ भने त्यो सम्बन्ध खासै केही हुँदैन । तर, उनले पनि बेलाबेलामा कुराकानी सुरु गर्छिन् भने यो आफैँमा एउटा ठूलो संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् र राम्रोसँग चिन्न चाहन्छिन् ।

छिटो जवाफ दिने

सबै केटीहरूले तुरुन्तै म्यासेज गरेर आफू धेरै उपलब्ध भएको संकेत दिन मन पराउँदैनन् । उनीहरू व्यस्त देखिन चाहन्छन् । तर, यदि उनले तपाईंलाई लगभग हरेक पटक छिटो जवाफ दिन्छिन् भने यसको अर्थ उनी तपाईंसँग कुरा गर्न मन पराउँछिन् । तपाईंको म्यासेजको पर्खाइमा बस्छिन् ।

प्रश्नसहित लामो म्यासेज

यदि तपाईंको केटी साथीले तपाईंलाई लामो म्यासेजहरू पठाउँछिन् भने यो साँच्चै राम्रो संकेत हो । तपाईंमा चासो नभएकी केटीले कहिल्यै पनि लामो म्यासेजहरू पठाएर आफ्नो समय खेर फाल्दिनन् ।

तर, यदि तपाईंले म्यासेज गरिरहेकी साथीबाट लामो सन्देशहरूसँगै फलोअप प्रश्नहरू प्राप्त गर्नुहुन्छ भने यसले उनी तपाईंलाई वास्ता गर्छिन् किनभने उनी तपाईंसँग अर्थपूर्ण कुराकानी स्थापित गर्न प्रयास गरिरहेकी छिन् ।

म्यासेज गर्ने शैलीमा परिवर्तन

केटीहरूले आफूलाई मनपर्ने व्यक्तिको सबै कुराहरूमा ध्यान दिइरहेका हुन्छन् । यदि उनले तपाईंलाई मन पराउँछिन् भने, उनले तपाईंले म्यासेज गर्ने तरिकामा कुनै परिवर्तन आएमा थाहा पाउनेछिन् ।

तपाईंले साधरणतया म्यासेज गर्दा धेरै इमोजीहरू पठाउनुहुन्छ र कुनै दिन रोक्नुभयो भने उनले तपाईंलाई के भयो ? किन परिवर्तन भएको जस्ता प्रश्न सोध्नेछिन् । तपाईं कहाँ जानुभयो कोसँग जानुभयो त्यो बारेमा जान्ने कोसिस गर्नेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved