टीआरसीमा उम्मेदवारी दिने म्याद थप

नेपालभ्युज

टीआरसीमा उम्मेदवारी दिने म्याद थप
सांकेतिक तश्वीर

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी पदाधिकारी सिफारिस गर्न गठित सर्च कमिटीले पदाधिकारीमा दरखास्त दिने म्याद थप गरेको छ ।

हालसम्म परेको आवेदन र अनुरोधका आधारमा मंसिर ४ गते ५ बजेसम्मका लागि आवेदन दिन पाउने  गरि म्याद थप गरिएको सिफारिस समितिका प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।

यसअघि बिहीबार सम्मका लागी आवेदन माग गर्दे  सूचना निकालिएको  थियो ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको पदाधिकारी सिफारिसका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी गठन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved