काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि १७ स्थानमा उम्मेदवार चयन गरेको छ ।
रास्वपाले बुधबार प्रारम्भिक निर्वाचनबाट पार्टीका उम्मेदवार चयन गरेको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार आकांक्षी उम्मेदवारहरूबिच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस अनुसार प्रारम्भिक निर्वाचन गरेर पार्टीको तर्फबाट उम्मेदवार चयन गरिएको हो ।
रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरेको छ । ओखलढुङ्गामा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने जनाएको छ ।
Facebook Comment
Comment