सीआइबीको नियन्त्रणमा रहेका ऋषि धमला छुटे

नेपालभ्युज

सीआइबीको नियन्त्रणमा रहेका ऋषि धमला छुटे

काठमाडौं । टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा सीआइबीको नियन्त्रणमा रहेका पत्रकार ऋषि धमला छुटेका छन् ।

प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला केही घण्टाको बयानपछि छुटेका हुन् ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्यालको बयानपछि धमलालाई सीआईबी बोलाएको थियो ।

सीआईबीसँगको बयानमा धमलाले आफूसँग नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोलेको स्विकारेका छन् ।

निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ, ऋषि धमला नियन्त्रणमा

‘उनले अन्तरर्वार्ता लिइदिनु भन्दै एक महिनासम्म धाए । कञ्चनपुर गएको भनेर आईडीकार्ड पनि देखाए । त्यसपछि आफूलाई विश्वास लागेको हुँ । त्यसपछि अर्यालको अन्तर्वार्ता लिएको हुँ’ धमलाले भने ।

धमलासँग अन्तरवार्ता दिएका अर्यालले आफूले १६ जना मन्त्रीको गाडी चलाएको र त्यही क्रममा कञ्चनपुर पुग्दा त्यो घटना देखेको दाबी गरेका थिए ।

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ ।

सीआईबीमा ऋषि धमलाले भने – नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोले


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved