रविले आफूलाई बाघसँग तुलना गरेपछि योगेशको कटाक्ष : ईकोसिस्टम नबिगारौँ

नेपालभ्युज

रविले आफूलाई बाघसँग तुलना गरेपछि योगेशको कटाक्ष : ईकोसिस्टम नबिगारौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई बाघसँग तुलना गरेपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् भट्टराईले ‘ईकोसिस्टम नबिगारौँ’ भन्दै कटाक्ष गरेका हुन् ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा लामिछानेले भनेका थिए, ‘बाघ खोरमा थुनिँदैमा स्याल हुँदैन ।’

त्यसप्रति कटाक्ष गर्दै भट्टराईले लेखेका छन्, ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ, उसले मानिसको मौलिक चरित्र गुमाउंछ, अनि उ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्डैन, अरुको अस्तित्व अस्वीकार गर्छ ।’

उनले थप भनेका छन्, ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ, सिंहलाई सिंह कै रूपमा रहन दिउ, ईकोसिस्टम नबिगारौ !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved