रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार

नेपालभ्युज

रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।

पार्टी सचिवालयको बैठकले सो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै, बैठकले पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved