सीआईबी लगियो मनाङेलाई

नेपालभ्युज

सीआईबी लगियो मनाङेलाई

काठमाडौं । ज्यान मुद्धामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री दीपक मनाङेलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको छ।

मंगलबार बिहान स्वयम्भू क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो । गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved