काठमाडौं । ज्यान मुद्धामा दोषि ठहर पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।
काठमाडौंको स्वयम्भू क्षेत्रबाट उनी पक्राउ परेका हुन् । प्रहरीको सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई जेल चलानको तयारी भइरहेको छ ।
गण्डकी प्रदेश सभा सदस्य उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए ।
त्यसयता उनी फरार थिए । प्रहरीले खोजी गरिरहेको थियो ।
सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो ।
गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो ।
सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ ।
Facebook Comment
Comment