इशिबा जापानको प्रधानमन्त्रीमा पुन: निर्वाचित

नेपालभ्युज

इशिबा जापानको प्रधानमन्त्रीमा पुन: निर्वाचित

काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गरेका हुन् ।

इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको हो ।

गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्‌मा बहुमत गुमाएको थियो ।

४ सय ६५ सदस्यीय संसद्‌मा एलडीपी–कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो । तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्‌मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।

अब उनले आफ्नो पार्टीभित्रको शत्रुतासँगै देशको आर्थिक संकट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved