आयोगले तोक्यो उपनिर्वाचनका लागि अधिकृत, कसलाई कहाँ जिम्मेवारी ?

नेपालभ्युज

आयोगले तोक्यो उपनिर्वाचनका लागि अधिकृत, कसलाई कहाँ जिम्मेवारी ?

काठमाडौंं । निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ ।

आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

उनीहरूले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ ।

अब निर्वाचन सम्बन्धी कार्य अधिकृतको कार्यालयबाट हुनेछन् । स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved