एमालेलाई दान दिने भनिएको जग्गा बल्ल भाटभटेनीको नाममा पास

नेपालभ्युज

एमालेलाई दान दिने भनिएको जग्गा बल्ल भाटभटेनीको नाममा पास

काठमाडौं । नेकपा एमालेलेलाई दान दिने भनेको जग्गा भाटभटेनी सुपर मार्केटले बल्ल आफ्नो नाममा ल्याएको छ । अरूको नाममा रहेको जग्गामा एमालेको भवन बनाउने भन्दै शिलान्यास गरेको महिनादिनपछि बल्ल जग्गा भाटभटेनीले आफ्नो नाममा ल्याएको हो ।

मालपोत कार्यालय, कलंकी स्रोतले भन्यो, ‘तिहार बिदापछि मात्रै जग्गा पास भएको हो ।’

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले जग्गादान घोषणा गरेको  र एमालेको भवन शिलान्यास गरेको एक महिना भइसकेको छ ।

अरुकै नाममा रहेको जग्गामा भवन शिलान्यास भएको भन्दै आलोचना भएको थियो । अर्कोतर्फ व्यापारीबाट जग्गा दान लिनु स्वार्थ देखिएको भन्दै आलोचना भइरहेको छ ।

जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै उक्त जग्गा आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।

सोमबारका लागि तोकिएको सुनुवाइ न्यायाधीशहरू डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । न्यायाधीश पाण्डेय संसदीय सुनुवाइबाट अनुमोदन भएर आइतबार मात्रै नियुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved