पूर्वमन्त्री अधिकारीलाई दुईदिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपालभ्युज

पूर्वमन्त्री अधिकारीलाई दुईदिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएर अदालतमा पेस गरेको थियो ।

मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो ।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको समयमा पक्राउ परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved