काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् ।
आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले अरु कोही सभापति बन्न हुने बताए ।
सभापति लामिछानेको रिहाइको माग गर्दै उपसभापति अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।’
उनले यति भनेपछि समर्थकहरुले हुटिङ गरेका थिए ।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन ।
कार्यवाहक सभापति नतोकिएपछि धेरै चासो दिएका छन् । त्यसपछि लक्षित गर्दै डीपी अर्यालले लामिछानेको विकल्प नभएको बताएका हुन् ।
अहिले निर्णय नभएपनि उपसभापति अर्यालले नै कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका छन् । रास्वपाको आन्दोलनमा सहभागी कम हुँदै गएका छन् । डीपी अर्यालले प्रदर्शनकारीको संख्या सानो भए पनि त्यसले दिने सन्देश ठूलो हुने बताए ।
Facebook Comment
Comment