‘सुनमान्छे’ले खिचे रास्वपाको पोखरा आन्दोलनमा सबैको ध्यान (भिडिओ)

तर, भाषण सुन्नुभन्दा पोखराको यो प्रदर्शनमा चकित पार्ने व्यक्तित्व बने सुनमा झल्किएका एक कार्यकर्ता । अस्वाभाविक र भड्किलो शैलीमा गरगहना लगाएर प्रदर्शनमा आएका ती मान्छे देखेपछि आन्दोलनमा उपस्थितहरू चकित परेका थिए ।

नेपालभ्युज

‘सुनमान्छे’ले खिचे रास्वपाको पोखरा आन्दोलनमा सबैको ध्यान (भिडिओ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको दोस्रो चरणको आन्दोलनमा पहिलो दिन पोखरामा सबैभन्दा आकर्षणको केन्द्र बने एक ‘सुनमान्छे’ ।

आन्दोलनमा उपस्थित पोखरेलीहरूको अपेक्षित समर्थन नपाएपछि रास्वपाले यो नयाँ चरणको आन्दोलन घोषणा गरेको हो । तर, भाषण सुन्नुभन्दा पोखराको यो प्रदर्शनमा चकित पार्ने व्यक्तित्व बने सुनमा झल्किएका एक कार्यकर्ता ।

सुनका गहनाले झकिझकाउ एक युवा थिए । जसको घाँटीमा आठदेखि दश तोलाको सुनको सिक्री, हातमा चारपाँच तोलाको ब्रासलेट र औँलामा दुईतीन तोलाको औँठी झुन्डिएको देखियो । अनुमानित अठारबीस तोलाको सुन लगाएका ती कार्यकर्ता जब भाषण गर्न उक्लिए, सम्पूर्ण ध्यान खिचे ।

उनले भने, ‘हामी रवि लामिछानेको न्यायको लागि मात्र होइन, अन्याय र अत्याचारविरुद्ध लडिरहेका छौँ । उहाँ आव हिरासतबाट बाहिर निस्केर फर्कनुहुनेछ भन्ने आशा छ ।’

तर, उनको भाषणमा भन्दा पनि उपस्थितहरूले उनको झलमल्ल सुनको शोभा हेरेर थप रमाइलो माने । अस्वाभाविक र भड्किलो शैलीमा गरगहना लगाएर प्रदर्शनमा आएका ती मान्छे देखेपछि आन्दोलनमा उपस्थितहरू चकित परेका थिए ।

रास्वपाले सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएको छ ।

अदालतमा चलिरहेको मामिलालाई समर्थन जुटाउन सडकमा उतारिएको यो आन्दोलनमा पोखरेली जनताको समर्थन अपेक्षित रुपमा नदेखिएपछि रास्वपाले दोस्रो चरणमा नयाँ स्वरूप दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved