काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको रास्वपाको निष्कर्ष छ ।
बैठकले सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको ठहर गरेको छ ।
‘यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याइ छ’, बैठकपछि पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटी लगायतका विषयमा छलफल भएको झाले जानकारी दिए ।
Facebook Comment
Comment