यू-१९ एसिया कपका लागि थामीको कप्तानीमा नेपाली टोली घोषणा

नेपालभ्युज

यू-१९ एसिया कपका लागि थामीको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । युएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त थामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि यू-१९ टिमबाट आईसीसी यू-१९ विश्वकप खेलिसकेका अर्जुन कुमाल टोलीको उपकप्तान रहेका छन् । आकाश त्रिपाठी र उत्तम रंगु थापा मगर पनि टिममा समेटिएका छन् ।

यस्तै सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रञ्जित कुमार,  मयन यादव, नरेन भट्ट र अभिषेक तिवारी पनि टिममा छन् ।

अन्तिम टोलीमा १४ जना खेलाडी मात्र हुने भएपनि रिजर्भसहित १८ खेलाडीको सूची सार्वजनिक गरिएको क्यानले जनाएको छ ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

यू-१९ टिममा परेका १८ मध्ये केही खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि अनुबन्ध भएकाले उनीहरुले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved