काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् ।
इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भई शनिबार स्वदेश फर्किएका सिंहले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको बताएका हुन् ।
यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख शहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्नेमा आफूले प्रस्ताव राखेको उनले बताए ।
सिंहले यूएन ह्याबिटेटले आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा यूएन ह्याबिटेटका नयाँ कार्यक्रमहरु नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाइ छ ।
Facebook Comment
Comment