धार्मिक विद्यालयमा शिक्षक नपाइने समस्या समाधान गरिनेछ : मन्त्री भण्डारी

नेपालभ्युज

धार्मिक विद्यालयमा शिक्षक नपाइने समस्या समाधान गरिनेछ : मन्त्री भण्डारी

सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले धार्मिक विद्यालयमा विधागत शिक्षक नपाइने समस्या समाधान गरिने बताएका छन् ।

शनिबार दुनैमा रहेको डोल्पा बोन समाजद्वारा सञ्चालित डोल्पो बोन विद्यालयको अनुगमनमा पुगेका मन्त्री भण्डारीले गुरुकुल, मदरसा, गुम्बा लगायतका धार्मिक विद्यालयमा विधागत शिक्षक अभाव भइरहेको बताए ।

‘प्रदेश सरकारले त्यस किसिमको शिक्षक अभाव हुन नदिन अध्ययन भइरहेको र केही दिनमै कार्ययोजना सार्वजनिक भाई कार्यान्वयनमा आउने छ’ उनले भने,‘धार्मिक विद्यालय सरकारको संरचना नभएको अवस्थामा विकासका हिसाबले पछि परेको दृष्टान्त छ ।’

विद्यालयका लागि आवश्यक पूर्वाधार विकास र शैक्षिक सुधारका लागि आगामी बन्ने नीति तथा कार्यक्रममा समेट्ने उनले प्रतिबद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved