काठमाडौं । पृथ्वीमा केही यस्ता जीवहरू पनि छन्, जुन यदि तपाईंको हातमा पर्यो भने सम्झनुहोस् कि भाग्य खुल्यो । आज हामी तपाईंलाई एक यस्तो किराको बारेमा बताउनेछौँ, जुन संसारको सबैभन्दा महँगो किरा हो । यसको मूल्य यति छ कि एउटा किरा बेचेर आरामसँग अडी र बीएमडब्ल्यू जस्ता गाडीहरू किन्न सकिन्छ ।
यो किरा केही वर्ष पहिले एक जापानीले ८९,००० डलरमा बेचेका थिए । भनिन्छ कि यो पृथ्वीमा पाइने सबैभन्दा सानो र दुर्लभ प्रजातिका किराहरू मध्ये एक हो । यस कीटको नाम हो, स्ट्याग बीटल । संसारभरि यस किराको १२०० प्रजाति पाइन्छ । यो किरा महँगो त धेरै हुन्छ तर, यो फोहोरको बीचमा पाइन्छ । यसको लार्भा सडेको रुखलाई खाने गर्छ ।
यी किराहरू फोहोरमा पाइन्छ, किनभने यिनलाई सुक्खा र सडेको रुखमा बस्न मनपर्छ । यसको जीवनकाल लगभग ७ वर्ष हुन्छ र यो फलको रस, रुखको रस र पानीमा जीवित रहन्छ । यसले ठोस रुखलाई खान सक्दैन । यो किरालाई चिन्नका लागि यसको टाउकोमा कालो सिङहरू देख्न सक्नुपर्छ, जुन ५ इन्चसम्म लामो हुन्छ । यो केवल तातो स्थानमा मात्र पाइन्छ ।
यो किरा धेरै नाजुक हुन्छ र चिसो मौसममा सहन सक्दैन । जाडो मौसममा यदि यो किरा आफ्नो रक्षा गर्न सक्दैन भने यसको मृत्युसम्म हुन सक्छ ।
जब दुई स्ट्याग बीटल लड्छन् भने यी एक आपसमा पहलवानको जस्तो एकअर्कालाई पछाडि धकेल्छन् । यस किराको प्रयोग क्यान्सर, हृदय रोग, ब्रेन ट्युमर, एड्स जस्ता धेरै रोगहरूको औषधि बनाउनमा प्रयोग हुन्छ । त्यसैले यसको मूल्य यति उच्च छ । यद्यपि यो प्रजाति लोप हुने खतरा बढिरहेको छ ।
Facebook Comment
Comment