काठमाडौं । शुक्रबार भएको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ ।
दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल नोभेम्बर १० मा पर्थमा हुनेछ । अष्ट्रेलिया भ्रमणमा पाकिस्तानले तीन खेलको टी–२० सिरिज पनि खेल्नेछ ।
एडिलेडमा भएको खेलमा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । टोलीका बलरहरूले यो निर्णयलाई एकदम सही साबित गरे ।
पाकिस्तानले अस्ट्रेलियालाई १६३ रनमा अलआउट गर्यो । यो पाकिस्तानविरूद्धको एकदिवसीयमा अस्ट्रेलियाको सबैभन्दा कम स्कोर हो । पाकिस्तानका हरिस रउफले ५ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।
अष्ट्रेलियाका तीन ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । स्टिभ स्मिथले ३५ रन बनाए । पाकिस्तानका हरिस रउफले ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले ३ विकेट लिए । नसिम शाह र मोहम्मद हसनैनले १–१ विकेट लिए ।
पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको थियो ।
Facebook Comment
Comment