रास्वपाको बैठक शनिबार बस्दै : राजनीतिक सहकार्यका न्यूनतम मुद्दालगायत विषयमा छलफल हुने

बैठकमा समसामयिक राजनीति, पार्टीको सांगठनिक गतिविधि र आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने उनको भनाइ छ ।

नेपालभ्युज

रास्वपाको बैठक शनिबार बस्दै : राजनीतिक सहकार्यका न्यूनतम मुद्दालगायत विषयमा छलफल हुने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक शनिबारलाई बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा शनिबार बिहान ११ः३० बजे बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, पार्टीको सांगठनिक गतिविधि र आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने उनको भनाइ छ ।

यस्तै स्थानीय तह उपनिर्वाचन परिचालनलगायत विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

आफ्ना सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपा यतिबेला आन्दोलित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved