छठ पूजा गर्न राष्ट्रपति पौडेल गुहेश्वरीमा (तस्वीरहरू)

छठ पूजा गर्न राष्ट्रपति पौडेल गुहेश्वरीमा (तस्वीरहरू)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी मनाइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

काठमाडौंको गुहेश्वरीमा पनि छठ पर्व मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल पनि पूजाआराधना गर्न त्यहाँ पुगेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved