कीर्तिपुरमा उपनिर्वाचन : एमालेले गर्‍यो तीन उम्मेदवारको नाम सार्वजनिक

नेपालभ्युज

कीर्तिपुरमा उपनिर्वाचन : एमालेले गर्‍यो तीन उम्मेदवारको नाम सार्वजनिक

कीर्तिपुर । नेकपा (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुख (मेयर)मा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा हर्ष महर्जन र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।

बिहीबार कीर्तिपुरमा भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए । ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved