एजेन्सी । जब मौसम चिसो हुन थाल्छ, सुरुमा हामी न्यानो कपडा लगाउन हेलचेक्र्याइँ गर्छौँ । यस्तो अवस्थामा रुघाखोकी वा जाडो लाग्न धेरै समय लाग्दैन ।
रुघाखोकी र संक्रमणबाट बच्न घरमै तुलसीको काढा बनाएर पिउन सकिन्छ । तुलसीको काढाले यी मौसमी समस्यालाई टाढा राख्नुका साथै प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
तुलसीको काढा बनाउनको लागि तपाईंलाई १० देखि १५ वटा तुलसीका पात, अदुवाको टुक्रा, मरीच, ३ वटा ल्वाङ, दालचिनीको सानो टुक्रा, २ देखि ३ कप पानी र स्वादअनुसार मह आवश्यक पर्छ ।
अब एउटा भाडामा पानी उमालेर त्यसमा तुलसीका पातहरू हाल्नुहोस् र मह बाहेक अरू सामग्री एक–एक गरी हाल्न सुरु गर्नुहोस् ।
५ देखि ७ मिनेटसम्म मध्यम आगोमा पकाएपछि भाँडो छोप्नुहोस् र कम आगो गरेर काढा १० देखि १५ मिनेटसम्म पकाउनुहोस् । त्यसपछि उक्त पानीलाई कपमा छान्नुहोस् र अलिकति मह मिसाएर तातो नै पिउनुहोस् । दिनमा १ देखि २ पटक मात्र यसको सीमित मात्रामा सेवन गर्नुहोस् ।
फाइदा-
- तुलसीको काढाले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ,
- रुघाखोकी र जाडोजस्ता समस्यामा यो काढा रामवाण औषधी हुनसक्छ,
- कब्जियत वा पेट दुखाइको समस्या पनि हट्छ,
- तुलसीको एन्टी–भाइरल गुणले सानोतिनो रोगलाई टाढा राख्छ,
- तनाव कम गर्न पनि काढा प्रभावकारी हुन्छ ।
Facebook Comment
Comment