एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित तीन वडाध्यक्षका उम्मेदवार

नेपालभ्युज

एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित तीन वडाध्यक्षका उम्मेदवार

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

महासचिव शंकर पोखरेलसमेत उपस्थित काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।

जसअनुसार बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको एक नेताले जानकारी दिए ।

त्यस्तै, कीर्तिपुर-१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved