लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

नेपालभ्युज

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गरेको हो । १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अलआउट हुँदा मात्र ११९ रन बनायो ।

लुम्बिनीका लागि कप्तान आकाश त्रिपाठीले २२ र शिव कुँवरले २० रन बनाए । सुदूरुपश्चिमका लागि हेमान्त धामीले ४ तथा सचिन भट्ट र नरेन साउदले २–२ तथा अशोक धामीले १ विकेट लिए ।

विराटनगरस्थित गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ३७.३ ओभरमा १३७ रनमा अलआउट भएको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३७.३ ओभरमा १२७ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि अभिषेक थापाले २९ र नरेन भट्टले २७ रन बनाए । नरेन साउदले १५, राजेश एयरले १४ र दिपक रोकायाले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीका लागि सन्तोष यादवले ५ विकेट लिए । सन्तोषले १० ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved