कमला ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन

नेपालभ्युज

कमला ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो सम्बोधन रद्द गरेकी छन् ।

ठूलो संख्यामा ह्यारिसका समर्थक उनको कार्यालय बाहिर जम्मा भएका छन् ।

बीबीसीकाअनुसार यस्तो बेला उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने जानकारी दिएका हुन् ।

मतगणनाको नतिजा सोचेजस्तो नआएपछि ह्यारिसको कार्यालयबाहिर रहेका कार्यकर्तामा पहिलेको जस्तो उत्साह देखिएको छैन ।

मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ राज्यमा जित निकालिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved