ग्लोबल आइएमईका ग्राहकले एयरलाइन्सको टिकट किन्दा क्यासब्याक पाउने

नेपालभ्युज

ग्लोबल आइएमईका ग्राहकले एयरलाइन्सको टिकट किन्दा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।

उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५०० रुपैयाँ क्यासब्याक पाउने भएका हुन् ।

बैंकका ग्राहकहरू तथा ग्राहक परिवारका सदस्यहरूले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा “FLYYETI” प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक पाउनेछन् । ग्राहकहरूले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् ।

यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved