काठमाडौं । अमेरिकाको सात स्विङ स्टेट मध्येको एक नर्थ क्यारोलिनामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनले १६ इलेक्टोरल कलेज भोट पाएका छन् ।
यो ट्रम्पको लागि राम्रो समाचारको रूपमा हेरिएको छ किनभने यसले उनलाई कुल २७० इलेक्टोरल कलेज भोटहरू प्राप्त गर्नको लागि धेरै मद्दत गर्नेछ ।
तर, अन्य स्विङ राज्यहरूमा मतगणना अझै पूरा हुन सकेको छैन ।
तर, कमला ह्यारिसले विस्कन्सिन, पेन्सिल्भेनिया र मिशिगन जस्ता तीन महत्वपूर्ण राज्यमा जित्ने हो भने उनी पराजित हुनसक्ने अनुमान पनि छ ।
तर, नर्थ क्यारोलिनाको जित रिपब्लिकनका लागि ठूलो जित हो भन्ने कुरालाई नकार्न सकिँदैन । विगतमा पनि यो राज्यले सोही पद्धतिमा मतदान गर्दै आएको छ ।
सन् २०१६ मा ट्रम्पले उत्तरी क्यारोलिना राज्यमा ३.६६ प्रतिशत मतान्तरले जित हासिल गरेका थिए । जहाँ सन् २०२० मा उनको जितको मार्जिन घटेर १.३४ प्रतिशत थियो ।
यो राज्य पछिल्लो पटक सन् २००८ मा बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदा डेमोक्रेटिक पार्टीले जितेको थियो । तर, सन् २०१२ को चुनावमा ओबामाले यो राज्य रिपब्लिकन उम्मेदवार मिट रोमनीसँग हारेका थिए ।
Facebook Comment
Comment