अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पको लगातार अग्रता

नेपालभ्युज

अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पको लगातार अग्रता

काठमाडौं – अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले लगातार अग्रता लिएका छन् ।

सुरुवातीदेखि नै अगाडि रहेका उनले बुधबार बिहान १०ः१५ बजेसम्म त्यसलाई कायमै राखेका हुन् ।

ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा लगातार अगाडि देखिएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले २३० अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १८२ अंक मात्र आएको छ । जितका लागि २७० अंक चाहिन्छ ।

मगगणनामा ट्रम्पले ५१.४ र ह्यारिसले ४७.२ मत प्राप्त गरेका छन् ।

अमेरिकाका ५० राज्यमध्ये ३० को नतिजा आइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved