इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रक गीत ‘रक्सी’
नेपालभ्युज
काठमाडौं । इन्टलेक्चुअल मोरन ब्यान्डको नयाँ रक गीत ‘रक्सी’ युट्युवमा सार्वजनिक भएको छ । दीपेन गुरुङको शब्द तथा स्वर रहेको गीतमा चर्चित गिटारिस्ट शरद श्रेष्ठको गिटार सुन्न सकिन्छ ।
हङकङको फन्की मंकी बारमा हलोइन र नेपालमा लक्ष्मी पूजाको अवसर पारेर यो गीतको प्रिमियर गरिएको थियो ।
गीतको ड्रिम्समा सम्राट मानन्धर र बेसमा संजीव श्रेष्ठले साथ दिएका छन् ।
गीतको भिडिओमा शरद स्वयम्ले अभिनय गरेका छन्। भिडिओलाई जेम्स लामाले निर्देशन गरेका छन् ।
गीतले रक्सीले जीवनमा पार्ने असर र त्यसबाट मुक्त हुन सन्देश दिन्छ ।
ब्यान्डका गायक तथा गीतकार दीपेनले सात वर्षअघि मात्र रक्सी छाडेका थिए। त्यतिबेला उनले यो गीत रचेका थिए। सन् २००० को दशकतिर रक संगीतको जुन वर्चस्व थियो ।
दीपेनले त्यो घटेको पाए। त्यसैले उनी केही नयाँ जमर्को गरिरहेका थिए । शरदसँग सल्लाह गरेपछि यो गीत तयार पारेको उनले बताए ।
शरद अहिले ‘श्री ३’ र ‘टम्बलवीड’ ब्यान्डमा व्यस्त छन्। दिपेन भने हङकङमा ‘फंकी मंकी’ बार सन्चालन गर्छन् ।
इन्टलेक्चुअल मोरन ब्यान्ड २०१० मा हङकङमा गठन भएको थियो। यो ब्यान्ड गिटारिस्ट शरद र दीपेन मिलेर सुरु गरेका थिए ।
यो ब्यान्डले पोली युनिभर्सिटी म्युजिक शोमा नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो प्रस्तुति दिएको थियो । यो म्युजिक शो हङकङको प्रमुख सांगीतिक मञ्चमध्ये एक मानिन्छ ।
मोरन ब्यान्डले हङकङको हार्ड रक क्याफे, द वाञ्च जस्ता विभिन्न चर्चित लाइभ म्युजिक बार र अन्डरग्राउन्ड शोहरूमा पनि आफ्नो प्रस्तुति दिइसकेको छ ।
Facebook Comment
Comment