एक वर्षपछि मैदानमा फर्किएका नेयमार दोस्रो खेलमै फेरि घाइते

नेपालभ्युज

एक वर्षपछि मैदानमा फर्किएका नेयमार दोस्रो खेलमै फेरि घाइते

काठमाडौं– करिब एक वर्षपछि मैदानमा फर्किएका ब्राजिलका स्टार फूटबलर नेयमारले आफ्नो ‘कमब्याक’को दोस्रो खेलमै चोट बोकेका छन् ।

सोमबार राति भएको एएफसी च्याम्पियन्स लिगअन्तर्गतको खेलमा उनी फेरि घाइते भएका हुन् ।

नेयमार घाइते भएको खेलमा उनी आबद्ध क्लब आवद्ध साउदी अरेबियाको अल–हिलालले इरानको एस्तेघलाललाई ३–० ले हराएको थियो ।

नेइमार घुँडाको चोटबाट निको भएर मैदानमा फर्किएको केही समय मात्र भएको थियो । यसैले उनलाई खेलको ५८ औं मिनेटमा मात्रै बेन्चबाट खेलमा उतारिएको थियो । तर ८७ औं मिनेटमा नै चोट बोक्दै उनी मैदानबाट बाहिर जानुपर्यो ।

चोट बोकेकै कारण नेयमारले गत जुन–जुलाईमा भएको कोपा अमेरिका प्रतियोगिता गुमाएका थिए । उनी धेरै चोट बोक्ने अभागी खेलाडीमा पर्छन् ।

यद्यपि नेयमारलाई योपटक लागको चोट भने धेरै गम्भीर नभएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved