काठमाडौं । यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले पहिलो र सुदूरपश्चिम प्रदेशले पाँचौं जित हासिल गरेको छ ।
विराटनगरस्थित गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो । सुरुवाती ४ खेलमा लगातार हार व्यहोरेको कर्णालीको यो पहिलो जित हो ।
१३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको मधेस २७.२ ओभरमा ८६ रनमा अलआउट भयो । मधेसका लागि मयन यादवले १५ र जितेश मण्डलले १३ रन बनाए ।
सुदूरपश्चिमका लागि विपिन शर्माले ४, यूनिश ठकुरीले ३, अनुज चनाराले २ र अर्विन्द घर्तीले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ४५ ओभरमा अलआउट हुँदा १३३ रन बनाएको थियो । कर्णालीका लागि हिराला चनाराले ४५ रन बनाए । कप्तान मनिश थापाले २२ र यूनिश ठकुरीले २१ रन बनाए ।
मधेसका लागि राजेश यादवले ४, अफ्रुपिदन रेनले ३ तथा रञ्जित कुमारले २ विकेट लिए ।
यस्तै, मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १२३ रनले हरायो । सुदूरपश्चिमको यो पाँचौं जित हो ।
१८४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोशीका लागि कप्तान सौजन घिमिरेले २६ र आशिष मगरले १३ रन बनाए ।
सुदूरपश्चिमका लागि सचिन भट्टले फाइफर विकेट लिए । उनले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । नरेन साउदले ४ र आयुष द्वारियाले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४७.४ ओभरमा १८३ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४ र अभिषेक थापाले ३७ रन बनाए ।
कोशीका लागि सौजन घिमिरेले ४, बिपिन महत्तोले २ तथा आशिष मगर, प्रेम कामत र कृतिक कामतले १–१ विकेट लिए ।
जितसँगै सुदूरपश्चिम १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने २ अंक जोडेको कर्णाली पुछारमा छ । सबै ५ खेलमा अविजित रहेको लुम्बिनी भने १० अंकसहित शीर्ष स्थानमा छ ।
अंकतालिका :
Facebook Comment
Comment