बालगोपालेश्वरमा भाइटीका (तस्वीरहरू)

बालगोपालेश्वरमा भाइटीका (तस्वीरहरू)

काठमाडौं– आज (आइतबार) कार्तिक शुक्ल द्वितीया । यम पञ्चक अर्थात् तिहारको पाँचौ तथा अन्तिम दिन आज हिन्दू धर्मावलम्बीहरूले भाइटीका लगाउँदै छन् ।

आजको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने परम्परा रहिआएको छ ।

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्र खुल्ने गर्छ । यसैले यो मन्दिर आज खुलेको छ ।

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले यसै मन्दिरमा गएर भाइटीका लगाइरहेका छन् ।

 

तस्वीरहरूः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved