काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको हो ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
सुप्रिम सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको भेटिएको छ । सुप्रिमबाट लामिछानेले २०७७ चैत १८ मा लिएको २ करोड ऋण गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।
Facebook Comment
Comment