न्हू दँया भिंतुना… (तस्वीरहरू)

न्हू दँया भिंतुना… (तस्वीरहरू)

काठमाडौं । आजदेखि नेपाल संवत् ११४५ सुरु भएको छ । नेपाल संवत् विक्रम संवत् ९३७ बाट सुरु भएको मानिन्छ ।

खास गरी नेवार समुदायले नेपाल सम्वत्‌लाई ‘न्हू दँया भिंतुना’ भनेर हर्षोल्लासका साथ मनाउँछन् । उनीहरूले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाल सम्वत्‌लाई बृहत् रूपमा मनाउने गरेका छन् ।

नेपाल सम्वत्‌का प्रणेता शंखधर शाख्वाःलाई मानिन्छ । उनले सबै किसानको ऋण मिनाहा गरिदिएको खुसीयालीमा नेवार समुदायले ‘न्हू दँया भिंतुना’ विशेष रूपमा मनाउन थालेका हुन् ।

नेपाल संवत् ११२९ अर्थात् विक्रम संवत् २०६५ सालदेखि नेपाल सरकारले नेपाल सम्वत्‌लाई राष्ट्रिय सम्वत्‌को मान्यता दिएको हो ।

नेपाल संवत् देशको मौलिक तथा सांस्कृतिक चिनारी पनि हो । नेपाल संवत् र रञ्जना लिपीलाई राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा दर्ता गरेर राष्ट्रिय पहिचानको रूपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरेका थिए ।

तस्वीर – गोकर्णेश्वर युवा उपकार क्लबले निकालेको शुभकामना र्‍याली

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved