लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट फिर्ता ल्याउने तयारी

नेपालभ्युज

लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट फिर्ता ल्याउने तयारी

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गोली हानाहानका अभियुक्त अनमोल बिश्नोईलाई अमेरिकाबाट ल्याउने प्रक्रिया सुरु भएको छ ।

यही अप्रिल १४ मा बाइकमा सवार दुई जनाले सलमानको घरमा गोली हानेका थिए । तर, कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको थिएन ।

अनमोल साबरमती जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईका भाइ हुन् ।

मुम्बई पुलिसको अपराध शाखाका एक वरिष्ठ अधिकारीकाअनुसार महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट अदालतले अनमोलको गिरफ्तारीको लागि गैर जमानती वारेन्ट जारी गरिसकेको छ ।

उनलाई विदेशमा खोज्न अदालतले रेड कर्नर नोटिस समेत जारी गरेको छ ।

मुम्बई पुलिसका अनुसार हाल अदालतका केही कागजातहरू पर्खिरहेका छन्, त्यसपछि सुपुर्दगीको औपचारिक प्रस्ताव थप कारबाहीका लागि केन्द्र सरकारलाई पठाइनेछ ।

विशेष अदालतले अक्टोबर १६ मा अपराध महाशाखाको निवेदन स्वीकृत गरेको थियो ।

मुम्बईमा दुई दशकपछि ‘डन’ आतंक फर्कियो, यस्तो छ लरेन्स बिश्नोईको विगत

यसअघि गत अक्टोबर २५ मा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले ग्याङ्स्टर लरेन्सका भाइ अनमोल बिश्नोईलाई पक्राउ गर्नेलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

सलमानको घरमा गोली हानाहान बाहेक अनमोल पञ्जाबी गायक सिद्धु मूसेवाला र बाबा सिद्दिकीको हत्याका आरोपी पनि हुन् ।

अमेरिकाबाट गिरोह सञ्चालन गर्दै आएका अनमोलले मे २०२३ मा एनआईएको चार्जशीटमा गिरोहमा लरेन्स बिश्नोई र गोल्डी ब्रारको हरेक निर्णय आदेश जस्तै भएको खुलासा गरेका थिए ।

लरेन्सका भाइ सचिन थापानले नयाँ अपराधीहरूको भर्ती र योजनाको रेखदेख गर्छन् ।

उनका भाइ अनमोल युएईमा बसेका विक्रम बरार र दरमान सिंह अमेरिकामा बसेर गिरोहलाई आर्थिक सहयोग र बदमाशलाई लजिस्टिक सपोर्टको रेखदेख गर्छन् । सचिन थापन, अनमोल बिश्नोई, गोल्डी, विक्रम बरार फोन गरेर निशाना धम्की दिन्छन् ।

लरेन्सले कनै पनि शूटरसँग सीधै कुरा गर्दैनन् । उनी गोल्डी, सचिन, अनमोलसँग मात्र करा गर्छन् । यस गिरोहका अपराधी आफूभन्दा माथिका अपराधीसँग मात्र सम्पर्कमा रहन्छन् । काम चेन सिस्टम मार्फत् मात्र गरिन्छ । अपराधमा संलग्न सबै गिरोहका सदस्यलाई एकअर्काको बारेमा धेरै जानकारी हुँदैन ।

यही कारणले गर्दा एकजना पक्राउ पर्दा अन्य सहयोगीबारे प्रहरीलाई धेरै जानकारी दिन नसक्ने अवस्था छ । अहिले सचिन थापान र विक्रम बरार जेलमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved