ब्रेक फेल हुँदा जीप पल्टियो, ४ यात्रु घाइते

नेपालभ्युज

ब्रेक फेल हुँदा जीप पल्टियो, ४ यात्रु घाइते

अछाम । अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् ।

बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिएको हो ।

दुर्घटनामा परी बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उनका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ । घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ ।

गाडी चालक प्रहरीको नियन्त्रणमा छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved