सुन तोलाको १ लाख ७१ हजार

नेपालभ्युज

सुन तोलाको १ लाख ७१ हजार

काठमाडौं । यसदिन पनि सुनको मूल्यले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको हो ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला २ हजार ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved