महाकवि देवकोटाको ११६औं जन्मजयन्ती मनाइँदै

नेपालभ्युज

महाकवि देवकोटाको ११६औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ को कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

१० वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका उनका कृतिहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाएका छन् ।

महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

२०१६ सालमा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved