साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित

नेपालभ्युज

साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल फेरि उपविजेतामै सीमित रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलामा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको हो भने नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बनेको हो ।

बंगलादेश लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले बराबरी गोल गरे ।

तर बंगलादेशले निर्धारित समयको ९ मिनेट बाँकी रहँदा गरेको गोलले नेपाललाई पुनः एक पटक फाइनलमा स्तब्ध बनायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved