रविको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै

नेपालभ्युज

रविको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारी ठगी प्रकरणमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।

सरकारको राजनीतिक प्रतिशोधविरुद्ध भन्दै दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

राजनीतिक प्रतिशोधविरुद्ध आफूहरूको लडाइ नरोकिने पार्टीको निर्णय छ । आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved