अदालतमा हराएको ३३ लाखको हार जब वकिलको खल्तीमा भेटियो !

नेपालभ्युज

अदालतमा हराएको ३३ लाखको हार जब वकिलको खल्तीमा भेटियो !

काठमाडौं। पीडितलाई न्याय दिलाउने जिम्मा लिएका कानुन व्यवसायीले अदालतभित्रै हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हार आफ्नो खल्तीमा राखेको पाइएको छ । यो घटना काठमाडौं जिल्ला अदालत भित्रको हो ।

बिहीबार दिउँसो जमुना घलेको हिराको हार हराएको थियो । शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा उक्त हारको खोजी गरेर पत्ता लगाएको छ । यो हार एक कानुन व्यवसायीसँग भेटिएको थियो ।

प्रहरी स्रोतका अनुसार, सिसि क्यामेरामा एक कानुन व्यवसायीले हार टिपेर खल्तीमा राखेको देखियो । बार एसोसियसनको सहयोगमा प्रहरीले उक्त कानुन व्यवसायी पहिचान गरेको थियो ।

अन्ततः ती कानुन व्यवसायीले हराएको हार धनीलाई फिर्ता गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved